खलबल
http://umeshgajurel.com.np/wp-content/themes/osmosis/images/empty/thumbnail.jpg 150 150 admin admin http://2.gravatar.com/avatar/e8b8693afa183dbe86f01596675ae48c?s=96&d=mm&r=gहिन छिटो, क्या सिक भै सके भन्दै मलाइ आउने इसारा गर्दै उ होटलभित्र रस्यो म पनि पछि पछी गए, साहुजि २ टा चिया अनि एमाले 😝😝
उ जिस्किदै चुरोट माग्यो, साहुजिले २ टा सुर्य दिए सलाइ त्यहा छ भन्दै इसारा गरे र चिया बनाउन थले
साँचि डाक्टरले कहिलेको डेट दिएको छ हँ? चुरोट मुखमा च्यापेर सलाइ कोर्दै उसले प्रश्न गर्यो। म मुस्कुराए १२ दिन छ अब
उसले अनुहार खुसी बनाउदै ल है पार्टी चाही भब्य हुनु पर्छ, भन्यो म मुस्कुराए मात्रै
अनि तँ त घरमै चुरोट तान्ने मान्छे के भयो अाज? मैले जिस्काउदै सोधे, अ हो छोरीले क्या मायाँलाग्दो पारामा म पनि पिउछु भनी त्यहाँ बाट घरमा बन्द उ जोडले हास्यो म पनि जोडले हासे, म निस्कनु पर्ने थियो सानु कामले निस्केको बजार म लागे पछी भेट्छु भन्दै म निस्किए ।
अोहो, अब त बाउ हुने दिन पनि नजिकै अाइसक्यो, जिम्मेबारीहरू कतिधेरै छन, कसरी सबैकुरा मेन्टेण्न गर्ने भनेर एकहोरो भएर हिड्दै थिए अचानक एउटा भाइले झस्कायो, दाइ हजुरको नाक बाट खुन बगिरहेको छ । एकछिन अलमल परे, यसो हात नाकमा लगेर छाम हेरे हातमा अल्का खुन लागेको रछ । म केही नभनी त्यहाँबाट हिडे, हस्पिटल जाउ भने उति जाबो कुरामा के जानु भन्दै नाक पुच्छ्दै म बाटोमा हिडिरहेको थिए एक्कासी टाउको चड्कस्यो ।
तनाब माथि तनाब थपियो कतै कही खबरै नगरि म हस्पिटलमा के भउको रहेछ भनेर जचाउन गएको थिए। मनमा अनेक डर लागिरहेको थियो । रिपोट अाएपछी डाक्टरले मलाइ भित्र बोलाउनु भयो, अनि एकाउक गालिका बर्षाहरू हुन थाले, पहिल्यै बाट जचाउनु पर्दैन, किन हेलचेक्राइ गरेको? यतिमात्रै सुने अरू पनि धेरै कुराहरू थिए तर सुनिन मैले ,
लामो सास फेर्दै मैले के भएको मलाइ भने, मलाइ एकहोरो एकछीन हेरेर अन्तिम स्टेज हो धेरै दिन छैन, जिन्दगीमा लागेका कुराहरू इच्छाहरू पुरा गरिहाल्नु
एकाएक म छाँगाबाट खसेजस्तै भयो । अगिसम्म केही थिएन अहिले जिउ नै सुन्निउर अाएको अनुभब भयो, अब के गर्ने कसो गर्ने थाहा छैन, सोच्न सकिन,
दिन कती छ भनेर सोदे 10 दिन भन्ने उत्तर अायो, केही सोच्ने के गर्ने केही अाएन दिमागमा म कसरी हस्पिटल बाट बाहिर निस्किए त्यो पनि थाहा भएन,
लामो सर्को चुरोटको ताने पछी म झसंग भएझै भए, अोहो 10 दिन? मात्रै मैले त मेरो अंशको मुहार पनि हेर्न नपाउने रछु त, उ 12 दिनमा अाउछ म 10 दिनमा जान्छु घरमा लगेर सुनाम यो कुरा सबै अात्तिनछन, के गरूम के गरूम अ हँ सोच्न सकिन, अपरेशन गरेर डेलीभरी गराए पछी अनुहार हेरेर जाउ यो दुनियाबाट भन्ने सोच पनि अायो, तर हुदैन, समयलाइ केही गर्नु हुदैन मैले जानेको प्रकृति र समयलाय उसको हिसाब संगै छोड्नु पर्छ, नत्र तहल्का मच्चाउछ, लामो सास संगै 4 वटा चुरोट सकिएछ। मोबाइल प्राय भ्राइव्रेशनमा हुने भएको ले अाजपनि म झस्किए भाइब्रेशनले,
झसंगै भए
लामो सास फेरे
अफ कस्तो नराम्रो सपना देखेको,
अाफ्नै मृत्युको,
ज्यान पशिनै पसिना भएछ, यसो हेरेको ८ बजेको रछ बिहानको,
हत्तनपत्त उठेर फ्रेस भएर काममा लागे, अाज दिनभर यसै सपनाले कत्रै कतै सताइरहेको छ ।