आझ यो लेख लेख्दा भरिएको बोतल साथ मा छ, बिर्को बन्ध छ , खालि गिलास साथमा छ, म यो सोचि राखेको छु कि गिलास मा भरूकी नभरू । फेरी बुढी ले थाहा पाइ भरेको भने त मार्छे । हप्माता दिन अघी मात्र हस्पितल गएर आएको , डाक्टार ले दुइ चार दिन नपिउनु भनेको छ । खै के के हो Swine flu, बड फ्लु रे !!!! हामी जस्तो लाइ पनि यस्तो जाबो फ्लु ले छुन सक्छ त ?? बिचरा फ्लु मेरो सरिर मा पस्यो भने मज्जाले पछुताउछ , कर दिन मातेर बसे पछि बिचरा ले केहि गर्नै नपाइ मर्छ,
http://umeshgajurel.com.np/wp-content/themes/osmosis/images/empty/thumbnail.jpg
150
150
admin
admin
http://2.gravatar.com/avatar/e8b8693afa183dbe86f01596675ae48c?s=96&d=mm&r=g
सोमरस
यो सोमरस को सामना गर्न जो पायो त्यही ले पचाउन काहाँ सक्छ र ।
बुढिले भनेकी म को को संग बसेर पिउछु रे अनि चेकअप गराउनु जबर्जस्ति लगि, अनि त डाक्टार ले यस्तो हिस्टपुस्ट शरिर देखे पछि दुइ चार दिन नपिउनु भन्यो, लैा भनि गयेा भनेर नपिइ उसले दिएका केहि सिसस् का बोतल बाट एक बिर्को यस्सो निकालेर मुखमा हालेको त कोक्याए जस्तो उल्टि आउला जस्तो के के भयो के के , डाक्टार ले निको बनाउन दिएको दबाइ हो कि उल्टो बिराम भयो भने मज्जाले लुट्न पाइछ भनेर दिएको हो यस्तो दबाइ ??
तर म पनि के कम र त्यो सिसिको झोल फालेर सोमरस सुटुक्क भरिदिए । यसो एक बिर्को लगाएको त आहा कति आन्नद , अब त झन टेन्सन नै भएन नी । न त बुढी को गाली सुन्नु पर्ने न त बा आमा को कचकच ।
दुइ दिन पहिले मात्र बुढा बुढी बिच धैरे मज्जाले झगडा भयो ।
मेरी बुढी : भोली देखी पिउन जानु भयो भने म
म : के म ????
मेरी बुढी : किन पिउनु पर्यो नि त्यो ……को …….. ।
म : बडि बोलने हैन है अहिले म
मेरी बुढी : अहिले सहिले म जान्दिा भोली देखी पिउन जानु भयो भने म !!
म : म म के म ?
मेरी बुढी : म पनि तपाइ संगै पिउन जान्छु ।
म : के रे ??? ……………………………….।।
मेरी बुढी : म पनि पिउछु भोली देखि ।
म : काम छैन अरू पिउनु पर्यो तलाइ ?
मेरी बुढी : के सम्झेको छ मलाइ पिउन सक्दिन भनेको ??
म : ( लैा अब त केही बोल्ने ठाउँ नै छैन ) ल ठिक छ तर …
मेरी बुढी : तर के नी पिउछु क्या हजुर संगै बसेर पिउछु ।
म : अनि त पिउन गए पछि घरमा कस्ले खाना पकाउछ त ???
मेरी बुढी : खाना छिट्टै तयार गर्छु नी त ।
म : ल ठिक छ ।
एक छिन सेचे कि यसलाइ लिएर गयो भने अरू कसैलाइ पनि खुवाउनु पर्दैन, पैसा बच्ने भयो,
यति लेखदा पुरा बोतल सकिएछ, थाहा पाइ भने त मार्छे,
हिजो पिलाउन लगेको थिए एक गिलास लाउदै के के बरबराउन थाली ,
राष्ट्रपति ले देश चलाए देखि उसले घर चलाउदा को समस्या, देश ,
घर समस्या,
सब्जि काट्ता हात काटेको, छुमेकी ले कुरा काटेको, बिरालोले बाटो काटेको,
रामायण, माहाभारत देखि टिभी सिरीयल मा यस्तो भएन र उस्तो भएन,
घरमा मम्मीले गाली गरेको देखि कहीले काहीँ मैले लगाएको थप्पड,
आदी यित्यादी बरबरादै गर्दा "उता बाट साउनी ले हल्ला नगरि पिउनु नी " भन्दा अझ पैसा तिरेर खानु अनि …………… ग्राहक संग तेरो बोलने तरीका यस्तै हो भनेर झगडा गर्न तमतयार भइ,
बल्ल बल्ल बाहिर लिएर गए। तर मेरो मन एकदमै खुसी थियो आज, दुबै नसामा झुम्म भएर बाटामा हिड्दा बारम्बार एउटै कुरा भनि रहन्थी । भोली देखी बुढा बुढी मिलेर घरमा नै ल्याएर पिउनु पैछ है,
लैा आइ पुगि अब पिउन बस्यो है त, To Be Continue ………..
Unknown
उमेशजी, रमाइलो रहेछ तपाईंको टासो । लेख्दै जानुहोला । पढ्न पाइयोस, अरु बिषयहरु पनि ।