• Oxford Street, 15561, London UK

म तिमी

150 150 admin
मनमा कहीले काही के के फुर्छ के के, यो मनको कुरा बुझी नसक्नु छ

 फुल हुँ, हरदम बासना छरी रहन्छ,
म पानि हुँ, प्यासी को प्यास बुझाइ रहन्छु,
म बर्सात हुँ, बर्षा मा झरी को रूपमा बर्सी रहन्छु,

म प्रकास हुँ, हर दिन यो संसार उज्यालो फैलाइ रहन्छु, 
म बतास हुँ, हरदम तिमीलाइ स्पर्स गरी राखेको हुनेछु
म बिहानको सुर्यको किरण हुँ, हर दिनको सुरूवात गरी रहनेछु
म तिम्रो सोच हुँ, तिम्रो मन मा नयाँ जोस जागर भरी रहन्छु,
म तिमो मुटुको धड्कन हुँ, हरदम तिमो साथ दिइ रहने छु,
तिमीले लिइने हरेक सास मा मै हुने छु
तिमी हिड्ने हरेक चाल मा म हुनेछु,
तिमीले हेर्ने हरेक हेराइमा म हुनेछु
तिमीले बोल्ने हरेक बोलाइ मा म हुनेछु
म समय हुँ, म तिम्रो भुत, बर्तमान र भबिश्य हुँ,
म संसार हुँ, तिमी मेरै सरीरको हिस्सा हैँ
म अमर छु किनकी म त सोच हुँ,
खोज तिम्रा सपनामा, बिपनामा, कल्पनामा,
मेरै साथ पाउनेछै,
  • Posted In:
  • No categories
no comments

Leave a Reply

Your email address will not be published.