सून्दरतामा सजिएको एउटा हिराको टुक्रा देखे.
झिलीमिली झल्किएको एउटा हिराको टुक्रा देखे.
प्रकास फैलाइ रहेको , शान्त संग बसीरहेको
आफैमा लोभलाग्दो एउटा हिराको टुक्रा देखे
मुसुमुसु मुस्कुराउदै , छड्के नजरले हेर्दै
सुन्दरताको उपाहार एउटा हिराको टुक्रा देखे
धिपधिप बलेको चन्द्रमुखि मुहार उनको
कोरीबाटी चिटिक्कै एउटा हिराको टुक्रा देखे
हेराइमा जादु थियो उनको बोलीमा संगित
लैा न म लठ्टै हुने गरी एउटा हिराको टुक्रा देखे
सून्दरतामा सजिएको एउटा हिराको टुक्रा देखे.
झिलीमिली झल्किएको एउटा हिराको टुक्रा देखे.
Anonymous
यस्तै हो साथि… बेलामा हिरैको टुक्रा जस्तो देखिन्छ भन्छन … पछी सम्म नि हिराको टुक्रा जस्तै देखे…!