• Oxford Street, 15561, London UK

यो मन हतारीदैछ

150 150 admin
घर नगएको पनि धेरै समय भएछ । हैन यो कसरी बित्यो यतिका समय?? आँफैमा एउटा प्रश्न राख्न मान लाग्यो । अस्ति भर्खर मात्र घरबाट हिड्रको जस्तो लाग्छ । अब त घर फर्कने दिनहरू पनि नजिकै आइ सकेछ । हातमा टिकट पर्ने बित्तीकै यो मन किन हो किन धेरै रमाइ रहेको छ । यो शरिर यहाँ भए पनि यो मेरो मन गाउँघरमा डुलि रहेछ ।खै किन हो पहिले पहिले त उताको त्यति घेरै याद आउदैन थियो तर अहिले त  हरदिन सपनिमा त्यतैको कुराहरू मात्र देखिन्छ ।
गाँउमा के के भयो होला ? सबै जाना नचिनिने भए होला , गाइ ब्याउन लागेको थियो म हिड्न लाग्दा अब त बाच्छो पनि ठुलो भयो होला , पोहोरपरार रोपेको आँप यस अस्तिको पालि फल्यो रे अब त यसपालि घरकै बोटको आँप खान पाइने भयो । ………………………….

फेरी जाडो सकिने बित्तिकै हिडेको मान्छे यहा त न जाडोको अनुभव भयो न त कुनै बाडि पहीरोले घरवार बगाएको खबर पाइयो । । यो बिदेश भन्ने चिज अचम्मको पाँए मैले । बर्षाको समयमा जाडो हुने अनि जाडो समयमा गर्मि हुने ठाउँमा हाम्रो तिर जाडोले गर्दा मानिस मर्छन भन्दा अचम्म मान्छन यहाका मानिसहरू । कसले के गर्छ, कसलाइ के भयो, केही वास्तै नगर्ने , छिमेकी छिमेकी बिच पनि चिनजान नहुने , बिहान भन्दा पनि बेलुका मानिसको चहलपहल देखिने, यस्तै रहीछ यो बिदेश । बुझ्न सक्यो भने सिरिखण्ड नत्र खुर्पाको बिड । त्यो भन्दा पनि नबुझनेलाइ सामान पोको पारेर घर हिड ।
जाने मिति कर्फम भए पछी (हुन त एक महीला बाँकी छ) म सामना पोको पार्न थाले ।  फेरी बिदेशबाट फर्किएको बिदेश कस्तो छ ? के के गरिस ? हाम्रो याद कतिको आयो ?? यस्ता नानाभाती नचाहीदा प्रश्न सोधेर दिक्क लाउछन  जस्तो लाग्यो (अरू बिदेश बाट फर्कदा यस्ता प्रश्नहरू सोध्नेमा म पनि पर्थे)  फेरी के के गर्ने हो घर फर्के पछी । यस्तै यस्तै सोच्दा सोच्दै निद्रा नै हराइ सक्यो ।
फेरी एउटा कुराले यो मनमा कस्तो कस्तो भइ रहेछ, नेपालमा अझै भइरहने ( अब त बर्दान नै भन्नु पर्छ ) बन्द, लोडसेडिङ, मोबाइल नेटबर्क प्रब्लम, ……………..आदि इत्यादी बन्दमा परेर बाटोमा बिजोक भयो भने पो बर्बाद हुन्छ ।
हुन पनि हो यो बन्द, लोडसेडिङ, मोबाइल नेटबर्क प्रब्लम, ……………..आदि इत्यादी भएन  भने नयाँ नेपालको परिचय नै हराउछ नि
अब अैको पोष्ट चहीँ नेपालमा गएर मात्र हुनछ होला ,  ल अब म सामना बाध्न थाल्नु पर्यो । ( पछी हतारमा सामान छुट्यो भने ??)
  • Posted In:
  • No categories
no comments
  • Dilip Acharya
    REPLY

    घर जाने बेलामा सबैखो यस्तै हो मन त हत्तारिन्छन नै … तर एक महिना अगाडि नै सामान नै प्याकीङ नि गरेको 🙂 हे हे ….।

    बन्द, लोडसेडिङ वा मोबाईलको प्रोब्लम हुन नहुने हो …. तर जे भए पनि पनि घर भनेको घर नै हो रमाईलो नै हुन्छ ।

Leave a Reply

Your email address will not be published.