• Oxford Street, 15561, London UK

जिन्दगीको बाटोमा देखेको सपनाहरू,

150 150 admin
अबचेतन अबस्थामा हाम्रो मस्तिस्क मा उत्पन्न हुने तरङ्ग लाइ सपना भनिन्छ । हरेक रात दिन केही नभनि मानिसहरू सपना देखी रहन्छन । कसैले राम्रो कसैले नराम्रो , कसैले औकात अनुसार को देख्छन त कसैले औकात भन्दा माथी उठेर देख्छन, जस्तै प्रकारले देखे पनि , दिउसै देखे पनि , राति देखे पनि,  सपना सबैले देख्छन, … कोही खुसी हुन्छन त कोही दुःखी सपना बाट ।कतिका देखेका सपनाहरू पुरा हुन्छन त कतिका बिलाएर जान्छन ।  सपना एक लक्क्ष बनाएर हिड्ने पनि प्रसश्तै भेटीन्छन ।

केटाकेटी अबस्थामा पापाको जस्तै पैसा कमाउने भएर आफैले चकलेट किन्ने सपना देख्छन बच्चाहरू । बिध्यालयमा भर्ना भए पछी  बिध्यार्थीहरूले आफ्ना शिक्षकहरू बाट कम गृहकार्य को सपना देख्छन । कक्षा 3/4 सम्म सबै ठिकठिकै जान्छ, तर कक्षा 7/8/9…+ क्रमश सपनाहरू बड्दै जान्छन । हरेक पल नयाँ नयाँ सपनाहरू सजिन थाल्छन ।  कोही कोही ले राम्रो बाटोमा हिड्ने सपना देख्छन त कोही कोही ले नराम्रो ।  भनिन्छ यो बेला साथिसंगत को कारण ले गर्दा बिग्रिन्छन रे !!!!  तर मलाइ लाग्छ कि साथिहरूको कारण ले बिग्रिनु भन्दा पहीले परिवारको कारण ले नराम्रा साथिहरू ( सबैको कहानि उस्तै उस्तै) को संगतमा पर्न जान्छन । मानिसको स्वभाब, बानि बेहोरा को निर्धारण हुने बेला पनि यही हो । सायद परिवारले धेरै केयर, उसको हरेक कृयाकलाप मा हात हाल्छन भने उ स्वभाबले नै कडा हुन जान्छ, जसको कारण उनिहरू परिवार बाट धेरै टाडा भाग्न खोज्छन । जब किसोर अवस्थामा प्रबेश गर्छन तब त झन अझ भेरै सपनाहरू सजिन थाल्छ । केटा होस या केटी कुरा उस्तै उस्तै , यो अबस्थामा बिपरीत लिङ्गी प्रतिको आकर्सण ले त अझ धेरै असर पार्छ ।  यो किसोर अवस्थामा दुइ किसिमका केटाकेटीहरू भेटीन्छन । एक सम्पुण कुरामा सक्क्षम हुन्छन भने अस्को तर्फ हरेक कुरा बाट बन्थित हरेका ………।। सक्नेले आफ्नो/आफ्नी लिएर घुम्छन  । त्यो त उनिहरूको कुरा हो । तर जो संग केही छैन उनिहरूको माझमा गएर दिनभरी/रातभरी भएको कुरा लाइ बडाइ चडाइ गरेर बयान गर्दा सुन्ने ब्यक्ती पनि एक पल्ट कल्पना गर्न पुग्छ । उसले पनि सपनाको संसारमा रमाउन थाल्छ । यस्तै यस्तै मा बित्छ यस समय । जब 17/18 बर्ष पुग्छ युबा/युवती तब उनिहरूमा केही पारीवारीक जिम्मेवारी  थपिन जान्छ । केही काम गर्न तिर लाग्छन त कोही  बराल्लिएर हिड्ने गर्छन । यो अवस्थामा केही नपाए पछी भएको काम बिगार्ने, काम हुन नदिने जस्ता कुराहरू  मा सामिल हुन्छन युवायुवतिहरू,  । । ।
यो भन्दा माथि के हुन्छ मलाइ थाहा छैन, अब अनुभब गर्दै यहाँ लेख्दै जाने छु ।  अब म मेरो सपनाको बारेमा बताउदै छु जुन पुरा हुन मैले मेरो परिवार, समाज र देश लाइ भुल्नु पर्छ । म सानैदेखि सपनाको संसारमा रमाउदै आएको छु । हरदिन नयाँ नयाँ सपना देख्नु मेरो काम थियो, सानैदेखि यस्तो भइ रहेको छ म लाइ । धेरै कम ले मात्र हिम्मत गर्ने यो पेसा पैसा कमाउनको लगि सटकट राष्ता हो । भनिन्छ यो पेसा मा पस्न सजिलो छ तर निस्किन लाइ एउटै मात्र उपाए छ । मेरो यस पेसा प्रति पहीले न त कुनै लगाब थियो न त कुनै इच्छा थियो तर समयले मेरा सपनाहरू यस पेसा तिर देखाउन थाल्यो । म सानो छदा देखि नै समयले बिभिन्न तबर बाट धोका दिदै थियो । केही गर्न नगरे पनि हरेक कुरामा अनुभब बोटुल्दै आइयो । आफु त सानै बाट लुते लाम्रे मान्छे । सबैले लुते छस भनेर हेपि हाल्ने । कसैलाइ केही गर्न सकिदैन थियो मात्र मनमनै पख्ला तलाइ मेरो पनि दिन आउछ अनि जानेको छु सोच्दै मात्र बसियो गर्न चहि केही गरीएन ।
अहिले बिसेस कारण बाट बाहिर जानु पर्यो बाकि लेख छिटै नै अपडेट गर्ने छु ……………..To Be continue,
  • Posted In:
  • No categories
no comments

Leave a Reply

Your email address will not be published.